जसले “र” प्रमुखको नेपाल भ्रमण मिलाए..

जसले “र” प्रमुखको नेपाल भ्रमण मिलाए..

ठ्याक्कै छ महिनाअगाडि ०७७ कार्तिक छ गते भारतीय अन्तर्राष्ट्रिय गुप्तचर सँस्था “र” प्रमुखलाई मध्यराती प्रधानमन्त्री केपी ओलीसङ्ग ३ घण्टा बालुवाटारमा वार्ता गराउने मिडिया र हेलिकप्टर ब्यवसायी रामेश्वर थापाको निवासमा एमालेका दुई शीर्ष नेतावीच वार्ता जारी छ ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित घर जाने बाटैमा यो भेटघाटको आकस्मिक प्रवन्ध मिलाइएको हो ।

थापा अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष हुन् । नेपालका सबैजसो नेतासङ्ग उनको राम्रो सम्बन्ध छ । सामन्त नेपाल आउँदा बिमानस्थलबाट रिसिभ गर्नेदेखि आफ्नो गाडीमा राखेर मध्यराती बालुवाटार र ह्यात होटेल पुर्याउने,बिहान ब्रेकफास्ट मिटिङ्ग गर्ने सारा काम यिनै थापाले मिलाएका थिए ।

आजको वार्ताचाहिँ कति मिल्ने हो परिणाम पर्खनै पर्ने छ ।

टिप्पणीहरू