हिमालयन र इन्भेष्टमेण्ट बैंकको आज मर्जर

हिमालयन र इन्भेष्टमेण्ट बैंकको आज मर्जर

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेको मर्जर सम्झौता (एमओयु) मा अहिले एक छिनपछि हस्ताक्षर हुँदैछ ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार मर्जरपछि नयाँ बैंकको अध्यक्षमा इन्भेष्टमेण्टको तर्फबाट पृथ्वीबहादुर पाँडे अध्यक्ष र हिमालयनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहनेछन् ।

पुँजीको हिसाबले मर्जरपछि उक्त बैंक मुलुककै सबैभन्दा ठूलो हुनेछ । बैंकको मुख्य कार्यालय भने हिमालयनको कमलादीस्थित बिल्डिङमा रहने बताइएको छ । आगामी तीन वर्ष अशोक राणा बैंकको सीईओ र ज्योति पाण्डे डेपुटी सीईओ बन्नेछन् ।

महाप्रसाद अधिकारी गभर्नर बनेको १३ महिनामा ठूला दुईवटा बैंक मर्ज हुन लागेको यो नै पहिलो पटक हो । मर्जरपछि पुँजी र काराेबारको हिसाबले यो मुलुककै ठूलो बैंक हुनेछ ।

टिप्पणीहरू