माधव समूहले बालुवाटारलाई दियो ४ बजेसम्मको भाका

माधव समूहले बालुवाटारलाई दियो ४ बजेसम्मको भाका

नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना माग सम्बोधनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज चार बजेसम्मको अल्टिमेटम दिएको छ । चार बजेसम्ममा पनि आफ्ना मागमा सहमति नभए संसदहरुको सामूहिक राजीनामा दिने नेपाल पक्षको भनाइ छ ।

नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो चार बजेसम्म पनि आफ्ना माग सम्बोधन नभए सांसदहरुले सामूहिक राजीनामा दिने निर्णय गरेको एक नेताले बताए ।

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने प्रतिवद्धता आए राजीनामाको निर्णयबाट ब्याक हुने नेपाल समूहको निर्णय छ ।
यसअघि बालुवाटारमा बसेको ओलीपक्षीय स्थायी कमिटी बैठकले नेपाल समूहका चार नेतालाई गरेको कारवाही फुकुवा गरेको थियो । नेपाल पक्षका नेताहरुले उक्त निर्णयलाई सकारात्मक भनेका छन् ।

टिप्पणीहरू