सवारी दुर्घटनामा २ जनाको मृत्यु
नवलपरासी र झापामा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७, ज्यामिरेस्थित सडकमा बा.९६ प ४५८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार सुर्खेत पञ्चपुरी नगरपालिका–६, बस्ने २० वर्षीय नरेश बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सुर्खेत पञ्चपुरी नगरपालिका–५ बस्ने २५ वर्षीय रोहन रावलको तिनाउ अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको कन्काई नगरपालिका–३, सुरुङगा चोकस्थित सडकमा मे.१क ४४३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री स्थानीय ७१ वर्षीया कमलमाया कामीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
टिप्पणीहरू