डाक्टरहरूले पनि हात उठाए, सरकार गम्भीर नबनेको कारण अहिलेको अवस्था

डाक्टरहरूले पनि हात उठाए, सरकार गम्भीर नबनेको कारण अहिलेको अवस्था

कोभिड १९ को संक्रमण थामिनसक्नु भएपछि नेपाल चिकित्सक संघले बुधबारदेखि देशभर ‘रेड अर्लट’ घोषणा गरेको छ ।

संघले बढ्दो संक्रमितको संख्या नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै संघले सरकार, राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी र सर्वसाधारणलाई एकजुट भएर महामारीविरुद्ध लड्न अपिल समेत गरेको छ ।

संक्रमितहरू अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको, बचाउनसक्ने अवस्था हुँदाहुँदै अक्सिजनको अभावमा बिरामीको ज्यान जाने गरेकालगायत हृदयविदारक दृश्यहरू देखिनु निकै पीडादायी भएको भन्दै संघले नागरिकको जीवन रक्षाभन्दा ठूलो अरु नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

संघले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउनसक्छ भनेर निरन्तर झकझकाइरहे पनि सरकार, राजनीतिक दललगायत सरोकारवालाहरू गम्भीर नबन्दा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको जनाएको छ ।

संघका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोड घटाउलाई बन्द गरी सरकारसँगै सबै वर्ग र तप्काहरू महामारीविरुद्धको लडाईंमा एकजुट हुन आव्हान गरिएको बताउनुभयो ।

उहाँले महामारीमा नागरिकको जीवन रक्षा गर्न संघले देशभर ‘रेर्ड अलर्ट’ जारी गरी सबैलाई कोभिडविरुद्धको लडाईंमा एकत्रित हुन अपिल गर्नुभएको छ । संघले स्वास्थ्य क्षेत्रमा देखिएका अभाव तुरुन्तै सम्बोधन गर्न र उपचारमा आवश्यक पर्ने अक्सिजन, बेडलगायत अत्यावश्यक सामग्री उपलब्ध गराई नागरिकको जीवन रक्षा गर्न आग्रह गरेको छ ।

उहाँले विषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका चिकित्सकमाथि हातपात भएको र त्यस्ता घटनाले चिकित्सकको मनोबल उच्चराख्न नसक्ने भएकाले चिकित्सकमाथि हुने हातपातका घटना रोक्न र संलग्नलाई कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

टिप्पणीहरू