महामारीमा जुवा खेल्ने ३२ जना पक्राउ

महामारीमा जुवा खेल्ने ३२ जना पक्राउ

काठमाडौं र नवलपरासीमा महामारीमा पनि जुवा खेल्ने ३२ जनालाई प्रहरीले जुवाको खालबाटै पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६, बहतीपोखरीका ४९ वर्षीय पिताम्बर गौतमको स्थानीय फेवा दर्शन होटेलमा तास खेलिरहको अवस्थामा गौतमसहित २५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटेलभित्र जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० लाख ९७ हजार रुपैयाँ, ३० बुक तास र तास खेल्न प्रयोग गरिएको २ सय ५० वटा क्वाइन सहित पक्राउ गरेको हो ।

यस्तै, नवलपरासी (पूर्व) को मध्यविन्दु नगरपालिका–८, भाग्राबाट तास खेलिरहेको अवस्थामा स्थानीय ४० वर्षीय पूर्णबहादुर तामाङ सहित ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा जुवा खेलिरेहको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र प्रहरी चौकी तम्सरियाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४५ हजार ७ सय ६९ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

टिप्पणीहरू