६६ जिल्लामा पूर्ण निषेधाज्ञा,९ मा आंशिक

६६ जिल्लामा पूर्ण निषेधाज्ञा,९ मा आंशिक

कोरोना महामारी रोक्न सरकारले उच्च जोखिमका क्षेत्र पहिल्याउँदै निषेधाज्ञा जारी गरेको छ ।

उपत्यकासहित मुलुकका ६६ वटा जिल्ला महामारीको उच्च जोखिममा परेपछि पूर्ण निषेधाज्ञा लगाइएको हो ।

उपत्यकाका तीन वटै जिल्ला काठमाण्डौं,भक्तपुर र ललितपुर तथा रुपन्देहीमा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ ।

गम्भीर स्वास्थ्य संकट देखिएको मुलुकमा सरकारले उच्चजोखिम तथा जोखिममा रहेका वटा ७५ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको हो ।

उता,हिमाल पारिका दुई जिल्ला मनाङ र मुस्ताङमा भने निषेधाज्ञा लगाइएको छैन ।
स्रोतका अनुसार निषेधाज्ञा जारी भएका अन्य जिल्लामा समेत केही साता लम्ब्याउने तयारी छ ।

टिप्पणीहरू