भोलि राति राष्ट्रपतिले आफूलाई पुनः नियुक्त गर्नेमा प्रधानमन्त्री ढुक्क

भोलि राति राष्ट्रपतिले आफूलाई पुनः नियुक्त गर्नेमा प्रधानमन्त्री ढुक्क

केपी शर्मा ओली भोलि राति ९ बजेपछि आफूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्री नियुक्त गर्नुहुनेमा ढुक्क देखिनुभएको छ ।

सोमबार संसदमा विश्वासको मत प्राप्त नभएपछि सोहि रात राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचनामा संविधानको धारा ७६ (२) बमोजिम गठबन्धन सरकार गठनको लागि आह्वान गर्दै भोलि राति ९ बजेसम्मको समय दिइएको छ ।विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसक्ने आँकलनमा ढुक्का हुनुभएका प्रधानमन्त्रीले पर्सि शुक्रबार बिहान ११ बजे ललितपुरको गोदावरीमा बन्दै गरेको तीन हजार सीट क्षमताको सनराइज सिटी हल(सम्मेलन केन्द्र) उद्घाटन गर्ने कार्यक्रमलाई यथावत राख्नुभएको छ ।

उक्त हलको निर्माण कार्य अझै बाँकी छ । तर,प्रधानमन्त्रीले निर्माणाधीन हलको आफ्नै हातले उद्घाटन गर्ने तयारी केही समयअघि नै गर्नुभएको हो ।

यता,विश्वासको मत नपाएपछि स्वतः कामचलाउ सरकारको नेतृत्वको गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीलाई शीतल निवासले पनि आजसम्म कामचलाउ सरकार भनेको छैन ।

टिप्पणीहरू