आफूविरोधी प्रधानमन्त्रीलाई नै भारतले यति धेरै च्याप्नुको रहस्य के होला ?

आफूविरोधी प्रधानमन्त्रीलाई नै भारतले यति धेरै च्याप्नुको रहस्य के होला ?

भारतविरोधी भनेर चिनिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वयम् भारतले नै च्यापेको अर्थ लगाउन थालिएको छ ।

जसले विरोध गर्छ,उसैलाई पनि कसैले मायाँ गर्छ र ? भनेर सोधिएको जनआस्थाको जिज्ञासामा नेपाल–भारत मामिलामा निकै दख्खल राख्नहुने एकजना पत्रकार तथा राजनीतिक विश्लेषक भन्नुहुन्छ ‘त्यसमा के अचम्म भो र ! अन्तर्राष्ट्रिय राजनीतिमा हुने नै त्यस्तै हो । सोझो र देखिने गरी केही पनि काम हुँदैन ।’

जनआस्थाको जिज्ञासालाई प्रष्ट पार्दै उहाँले भन्नुभएको छ ‘भारतले उपेन्द्र यादवलाई कहिल्यै मन पराउँदैन । माओवादी नेता प्रचण्डबाट आफूले पटक पटक धोका पाएको विश्लेषण गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा पनि भारतको लागि विश्वासयोग्य पात्र होइनन् । त्यसैगरी माधव नेपाल पनि त्यहि त्यहि मार्काको हुन् भन्ने उनीहरुको ठम्याइ हो ।’

उसले विगतमा त्यत्रो संघर्ष भएको “नेपाली प्रधानमन्त्रीसँग त अहिले सहज डिल गरिरहेका छौं,सपोर्ट गरिरहेका छौं भने सारा छिमेकीसङ्ग सम्बन्ध खराब छ भन्ने तिमीहरूको आरोप गलत हो भन्ने म्यासेज दिन खोजेको हो ।”

भारतले ती सबै नेपाली नेताको विश्लेषण गरेपछि प्रधानमन्त्री ओलीसँग भने बेलाबखत सम्बन्ध बिग्रेपनि बोलेको कुरा गरी छाड्ने र छाडेको उदाहरणसहित उहाँलाई रोजेको बताइन्छ ।

भारतले पाकिस्तान र अन्तर्राष्ट्रिय समुदायलाई देखाउनको निम्ति पनि ओलीलाई सपोर्ट गरेको उनको बुझाई हो । भारतको विश्लेषणमा छिमेकी पाकिस्तान आतंकवादी मुलुक हो ।

उसले विगतमा त्यत्रो संघर्ष भएको नेपाली प्रधानमन्त्रीसँग त अहिले सहज डिल गरिरहेका छौं,सपोर्ट गरिरहेका छौं भने सारा छिमेकीसङ्ग सम्बन्ध खराब छ भन्ने तिमीहरूको आरोप गलत हो भन्ने म्यासेज दिन खोजेको हो । उहाँ भन्नुहुन्छ ‘भारतको प्रोपोगण्डा मेशिनरी ठूलो छ,बुझिनसक्नु छ ।’

“टर्निङ पोइन्ट गोयल हुन् । गोयलले मध्यराती बालुवाटारमा भेटेपछि ओली र भारत दुबै लोयल भएका हुन् ।”

त्यसो भए चुच्चे नक्सा र राम जन्मभूमि अयोध्यालगायतका विषयमा तिक्ततापूर्ण सम्बन्ध भएको अवस्थामा एकाएक प्रधानमन्त्री ओलीसँग भारतको कसरी घाँटी जोडिन पुग्यो होला भन्ने सन्दर्भमा विश्लेषक भन्नुहुन्छ ‘टर्निङ पोइन्ट गोयल हुन् । गोयलले राती बालुवाटारमा भेटेपछि ओली र भारत दुबै लोयल भएका हुन् ।’

“This is widely attributed to India’s advice to Mr.Thakur to stay neutral,since Mr Oli still has New Delhi’s support.”

संसदीय व्यवस्थाको नजिरको बारेमा उहाँको बुझाई छ ‘अन्यत्र भएको भए संसदमा हारेको मान्छे फेरि प्रधानमन्त्रीको उम्मेदवार हुने कल्पना नै गर्न सकिँदैन । आफैंले विघटन गरेको संसद,त्यसमा विश्वासको मत पाउन नसक्दा पनि घुमिफिरी ओलीलाई नै मौका मिलेको छ,यो सबै त्यहि रातको भेटको योजना हो ।’

उहाँ भन्नुहुन्छ ‘अब एमाले वरिष्ठ नेता माधवकुमार नेपालहरुले राजीनामा दिए पनि देउवाको निम्ति सरकार गठन गर्न आवश्यक संख्या पुग्दैन । महन्थहरु अझै तटस्थ बसे पनि पुग्दैन । किनभने सेटिङ त्यहि ढंगले भएको छ ।’

यता संघीयता विरोधी हिन्दूवादीहरु चाहिँ आफूहरुलाई संघीयता मासिदिन्छु भन्ने वचन दिएकाले ओलीको समर्थनमा लागेको हाक्काहाक्की बताउँछन् । राजावादीहरुको पनि त्यस्तै बुझाई छ । त्यसो त संघीयता विरोधीको छवि भएर पनि प्रधानमन्त्रीले पावर हातमा आउँदासमेत संघीयता मास्नेतर्फ कुनै कदम नचालेको विश्लेषकहरुको बुझाई छ ।

उहाँले चलाखीपूर्ण तवरले राजावादीसँग काम गर्ने,फाइदा पनि लिने तर राजतन्त्रलाई भने अलि परै राख्ने काम अच्छासँग गर्दै आउनुभएको उनै विश्लेषकको ठहर छ । उहाँका अनुसार संघीयताको विरोध शक्ति केन्द्रित गराउनको लागि मात्र भएको स्पष्ट हुँदै गएको छ ।

अर्कोतर्फ हिन्दु राष्ट्रको कुरा जति पनि गर्ने तर काम नगर्ने प्रवृत्तिले त्यतातर्फ पनि राम्रैसँग काम गरेको छ । राजावादी भनेर चिनिएका अधिवक्ताहरु सुरेन्द्र भण्डारी र बालकृष्ण नेउपानेलगायतलाई केही न केही दिइरहने,आफ्नो पक्षमा अदालतमा बहस पनि गराउने तर उनीहरुका अरु कुरा चाँहि टाढै पन्छाउने कामले पनि राम्रै नतिजा देखाइरहेको छ ।

यी गतिविधिबाट बालुवाटारकोे सम्बन्ध भारतीय आरएसएससँग मित्रतामा परिणत भएको छैन भनेर कसैले पनि ठोकुवा गर्न नसक्ने अवस्थामा पुगेको बताइन्छ । उक्त संगठनका राममाधव भन्ने महासचिवले दिल्लीलाई ओली बाहुन भएकाले हिन्दू राष्ट्रको कुरामा सफ्ट कर्नर राख्छन् भनेर कन्भिन्स गरेको चर्चा त्यतिबेलै भएको थियो । यसैलाई पुष्टि गर्ने पशुपतिको जलहरी र अयोध्या काण्ड त भर्खरैको हो ।

टिप्पणीहरू