सुरक्षा निकायमा पनि संक्रमण बढ्यो,१५ जनाको निधन,११ सय बढी सक्रिय संक्रमित

सुरक्षा निकायमा पनि संक्रमण बढ्यो,१५ जनाको निधन,११ सय बढी सक्रिय संक्रमित

सुरक्षा निकायमा पनि कोरोना संक्रमण ह्वात्तै बढेको छ । कोरोनाको कारण सशस्त्र प्रहरी बलमा हाल सक्रिय संक्रमितको संख्या १ सय ९६ पुगेको छ । तीमध्ये काठमाडौं उपत्यकाका ६६ जना छन् भने उपत्यका बाहिर १ सय ३० जना छन् । संक्रमणबाट सशस्त्र प्रहरीमा ४ जनाको निधन भइसकेको छ ।

त्यसैगरी नेपाली सेनामा सक्रिय संक्रमितको संख्या २ सय ७५ रहेको छ भने चार जनाको निधन भएको छ । नेपाल प्रहरीमा ६ सय १३ जना सक्रिय संक्रमित र ६ जनाको मृत्यु भएको छ । उता राष्ट्रिय अनुसन्धान विभागमा ७२ जना सक्रिय संक्रमित छन् भने १ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार सशस्त्र प्रहरी बलमा हालसम्म पहिलो खोप लगाएकामध्ये ४३ जनामा, दुबै खोप लगाएकामध्ये ८० जना र हालसम्म खोप नलगाएका ७३ जनामा संक्रमण देखिएको छ ।

महामारी बढेसँगै सशस्त्र प्रहरी बल अस्पताल,बलम्बुमा बिरामीको चाप पनि ह्वात्तै बढेको छ । अन्यत्रझैं त्यहाँ पनि अक्सिजनको अभाव देखिएको छ । स्रोतका अनुसार आजको आवश्यकता आजै र भोलिको भोलिलाई पुर्याए पनि अक्सिजन अभाव चर्कंदै गएको छ ।

टिप्पणीहरू