आज रातो मत्स्येन्द्रनाथको रथारोहण,सुरक्षा र स्वास्थ्य खतराको चिन्ता

आज रातो मत्स्येन्द्रनाथको रथारोहण,सुरक्षा र स्वास्थ्य खतराको चिन्ता

कोरोना महामारीको दोस्रो लहरबीच आज दिउँसो ४ बजे ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथारोहणको साइत जुराइएको छ ।

महामारीबाट अहिलेसम्मकै सबैभन्दा धेरै २ सय २५ जनाको हिजो निधन भएको छ । संक्रमितको संख्या पनि हिजो एकैदिन सबैभन्दा धेरै ९ हजार ४ सय ८३ जनामा पुष्टि भएको छ । यस्तो बेला रथयात्राको क्रममा थामिनसक्नुको भीड भएमा महामारीको भयावह परिस्थिति थप खतरातर्फ उन्मुख हुने निश्चित छ ।

स्रोतका अनुसार धार्मिक विधि र प्रक्रिया पुर्याउँदै,स्वास्थ्य मापदण्डको पालना गर्दै मत्स्येन्द्रनाथको रथारोहण गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्लाका सुरक्षा निकायबीच आज बिहान बैठक बोलाइएको छ ।

गत वर्ष पनि बन्दाबन्दीको बीच भएको रथारोहणको विषयमा स्थानीय नागरिक बिरोधमा उत्रँदा अवस्था निकै तनावपूर्ण भएको थियो । त्यसक्रमको भिडन्तमा धेरै जना घाइते र संक्रमित भएका थिए ।

सुरक्षा निकाले यसपटक त्यस्तो हुन नदिन आवश्यक सतर्कता अपनाएको बताइएको छ । प्रशासनले पनि सम्बन्धित गुठी र रथयात्रा समितिका पदाधिकारीहरूसँग आवश्यक समन्वय गरिरहेको छ ।

टिप्पणीहरू