संकट समाधाननिम्ति बाबुरामका चार सूत्र

संकट समाधाननिम्ति बाबुरामका चार सूत्र

नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेका बेला पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकारको प्रस्ताव अगाडि सार्नुभएको छ ।

मुलुकको संकट समाधानका लागि भन्दै उहाँले चार बुँदे प्रस्ताव पनि अगाडि सार्नुभएको छ । प्रस्तावमा वर्तमान र पूर्वप्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार गठनमा जोड दिइएको छ ।भट्टराईले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सबै दलको सहभागिता,बर्तमान र पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा सरकार गठन गर्न प्रस्ताव गरिएको छ । त्यस्तै,दलका प्रमुख र पूर्वप्रधानमन्त्री रहेको निर्देशक समिति बनाउन सकिने उहाँको प्रस्ताव छ ।

‘देशको संकट हल गर्न यसो गरौं ! १.धारा ७६(२) बमोजिम सबै दलको सहभागिता र वर्तमान / पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं :२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति:, बुधबार बिहान ट्वीट गर्दै भट्टराईले भन्नुभएको छ ।

प्रस्तावमा त्यस्तो सरकारले कोभिड नियन्त्रण, टिसीआर मुद्धा,संविधान संशोधन,आर्थिक राहत जस्ता साझा न्युनतम कार्यक्रम ल्याउने र एक वर्षभित्र चुनाव गर्ने उल्लेख गरिएको छ ।

भट्टराईले ट्वीटरमा लेख्नुभएको छ,’साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण,TCR/मुद्दा, संविधान संशोधन,आर्थिक राहत)लागू ४.एक बर्षभित्र चुनाव !,

टिप्पणीहरू