एमाले युवा संघका दुई जना केन्द्रीय सदस्य कोरोनाबाट बिते

एमाले युवा संघका दुई जना केन्द्रीय सदस्य कोरोनाबाट बिते

कोभिड–१९ का कारण राष्ट्रिय युवा संघ नेपालका दुई जना केन्द्रीय सदस्यको निधन भएको छ । प्राप्त समाचारमा जनाइएअनुसार मिलन सापकोटा र निमा लामाको निधन भएको हो ।
उनीहरु काभ्रेको रोशी गाउँपालिकाका वासिन्दा हुन् ।

काभ्रेमा हिजो र आज चार जनाको दरले दुई दिनमा आठ जना संक्रमितको निधन भएको छ । निधन हुनेहरुमा अधिकांश युवा उमेरका छन् । उनीहरुमध्ये एक जना २४, अर्को ३० र अर्का ३३ वर्षका हुन् ।

आइसीयु र अक्सिजनको अभावमा संक्रमितहरुको निधन भएको बताइन्छ । काभ्रेमा कोभिडको उपचार धुलिखेल अस्पताल,शीर मेमोरियल अस्पताल र मेथिनकोट अस्पतालमा मात्र गरिन्छ । १५ शैयाको मेथिनकोट प्रादेशिक अस्पताल हो ।

काभ्रेमा अक्सिजन उत्पादन प्लाण्ट भएपनि अधिकांश काठमाडौंका ठूला अस्पतालमा आपूर्ति हुने गरेको छ । काभ्रेमा दैनिक ४ सय सिलिण्डर अक्सिजनको माग छ । तर,८० सिलिण्डर मात्र कोटामा पाइएकाले संक्रमितहरु अक्सिजनको अभावमा मृत्युवरण गर्न बाध्य भएका हुन् ।

– मोतिराम तिमिल्सिनाबाट

टिप्पणीहरू