स्वामीको ट्वीट र महन्थको तर्काइ: के हो रहश्य ?

स्वामीको ट्वीट र महन्थको तर्काइ: के हो रहश्य ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत नपुग्दा नपुग्दै पनि विश्वासको मत लिन जानु, विश्वासको मतमा एमालेबाहेक अरु दलको एक मत पनि नपाउनु तर पनि संसदमा बोल्दा उहाँको हाउभाउमा कुनै परिवर्तन नआउनुको सानो पर्दा भाजपा नेता एस. सुब्रमन्यनले भर्खरै ट्वीट गरेर खोलिदिएका छन् ।तर सबैभन्दा ठूलो पर्दा यहिँ केही दिनअगाडि लगाइएको रहस्य खुलेको छ । राजनीतिक सम्भावना बढ्दै गएपछि एकपटक जसपाका नेताहरू उपेन्द्र यादव,राजेन्द्र महतो,महन्थ ठाकुर र डा. बाबुराम भट्टराईबीचको संयुक्त भेलामा वरिष्ठताको नाताले ठाकुरलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा खुट्टा टेक्न भनिएको थियो ।

“तीन जनाले ठाकुरलाई ‘उसोभए तपाईं नै प्रधानमन्त्री बन्नुहोस्,हामी पहल गरौंला’ भनेका थिए ।”

तर,त्यसबेला ठाकुरले दिएको जवाफका कारण सबै झस्किएका थिए । महन्थको भनाई उद्धृत गर्दै जसपाको उच्च स्रोत भन्छ ‘हैन, अहिलेलाई ओली नै ठीक छ,म हुँदिन’ भनेर उहाँ तर्किनुभयो । त्यसअघि प्रधानमन्त्रीको उम्मेदवारबारे लामो छलफल हुँदा अरु तीन जनाले ठाकुरलाई ‘उसोभए तपाईं नै प्रधानमन्त्री बन्नुहोस्,हामी पहल गरौंला’ भनेका थिए ।

“ठाकुरले फ्याट्टै भन्नुभयो ‘मेरो बारेमा तपाईंहरूले कुनै चिन्ता लिनुपर्दैन । अहिलेलाई उहाँ नै उपयुक्त हुनुहुन्छ ।”

ठाकुरको संक्षिप्त जवाफले चित्त नबुझेपछि नेताहरूले खोर्याइ खोर्याई सोधे ‘किन प्रधानमन्त्री नबन्ने तपाईं ?’ ठाकुरले फ्याट्टै भन्नुभयो ‘मेरो बारेमा तपाईंहरूले कुनै चिन्ता लिनुपर्दैन । अहिलेलाई उहाँ नै उपयुक्त हुनुहुन्छ ।”,जसपा श्रोत भन्छ,”उक्त धारणा भारतीय खुफिया एजेन्सी “र”का प्रमुख सामन्त गोयलले ०७७ कार्तिक ५ गते बुधवार एक रातको निम्ति गरेको नेपाल भ्रमण तथा पछिल्लोपटक गत साता पौने पाँच बजे महन्थ र महतोको दूतावास प्रवेशको उपज त थिएन ?

“New DELHI: Research and Analysis Wing (RAW) chief Samant Goel is believed to have paid a “surprise” day-long visit to Nepal on Wednesday and while Indian officials didn’t confirm or deny Goel’s visit, the Nepalese media reported that he led a nine-member delegation to Kathmandu.”

नभन्दै त्यसपछि अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरन्तरताबारे ढुक्क हुँदै आउनुभएको छ । उता ठाकुरले पनि अघिल्लै महिनादेखि बालुवाटारसङ्ग सीधै वार्ता गर्न अलग कार्यदल बनाएर अघि बढ्नुभएको थियो । हिजोको मतदानमा उहाँको समूह तटस्थ बस्यो ।

उक्त धारणा भारतीय खुफिया एजेन्सी “र”का प्रमुख सामन्त गोयलले ०७७ कार्तिक ५ गते बुधवार एक रातको निम्ति गरेको नेपाल भ्रमण तथा पछिल्लोपटक गत साता पौने पाँच बजे महन्थ र महतोको दूतावास प्रवेशको उपज त थिएन ?

ठाकुरले मतदानमा कतैतर्फ लाग्दिन भन्नुको अर्थ प्रधानमन्त्री ओलीलाई नै सुरक्षित तुल्याउनु रहेको भित्री आशय स्पष्ट भएको छ ।

यता आगामी निर्वाचनमा तराईमा टक्कर पर्ने काँग्रेससँगै हो भन्ने बालुवाटारको बुझाई र विश्लेषण छ । त्यसैले काँग्रेससँग जाँदा जसपालाई घाटा पर्ने सम्भावना रहेको बालुवाटारको निश्कर्षलाई ठाकुरले राम्रैसँग विश्वास गरेको देखिन्छ ।

यी सबै हिसाब किताब,हिजोको मतदान परिणाम,सामन्त गोयलसँगको भेटघाट र अहिले सुब्रमण्यम स्वामीले गरेको ट्वीटबाट प्रधानमन्त्री ओलीको निरन्तरतानिम्ति भएका सारा प्रयत्नको पर्दा बिस्तारै खुल्दै गएको हो ।

टिप्पणीहरू