पूर्वराजा र पूर्व प्रधानमन्त्री कोरोनामुक्त

पूर्वराजा र पूर्व प्रधानमन्त्री कोरोनामुक्त

कोरोना संक्रमणका कारण उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह आजबाट संक्रमणमुक्त हुनुभएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालका अनुसार शाह कोरोना संक्रमणमुक्त हुनुभएको हो । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहनुभएका शाहलाई अक्सिजन दिन छाडिएको छ ।

यसैगरी,पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ । १८ दिनअघि अस्पताल भर्ना हुनुभएका शाहलाई केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । अवस्थामा सुधार आएपछि उहाँलाई आइसियूबाट छुट्टै कोठामा सारेर उपचार जारी राखिएको छ ।

त्यसैगरी पूर्वअधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको बताइएको छ ।पूर्वप्रधानमन्त्री खनाल कोरोनामुक्त नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि कोरोना मुक्त हुनुभएको छ ।

कोरोना संक्रमणका कारण वैशाख १८ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएका खनाल कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

खनाल १० दिनपछि आज दिउँसो साढे दुई बजेको समयमा डिस्चार्ज हुनुभएको अस्पतालले जनाएको छ ।

टिप्पणीहरू