टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द (भिडियो )

टेकु अस्पतालमा पीसीआर परीक्षण बन्द (भिडियो )

कोरोना महामारीको दोस्रो लहरले मुलुक आक्रान्त बनिरहेको बेलामा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले पीसीआर परीक्षण बन्द गरेको छ ।

आज आज एक सूचना जारी गर्दै अस्पतालले अर्को पीसीआर परिक्षण नगर्ने बताएको हो । अस्पतालका निर्देशकद्वारा जारी सूचनामा विशेष कारणवसः परीक्षण बन्द गरिएको बताइएको छ । अस्पतालले परीक्षण बन्द गर्दा सर्वसाधरणलाई पर्न गएको असरप्रति क्षमासमेत मागिएको छ । महामारीका कारण संक्रमण दर बढिरहेको अवस्थामा सरकारी अस्पताल त्यसमा पनि सरुवा र संक्रमण रोग विशेषज्ञ अस्पतालबाट गरिएको परीक्षण बन्दले सर्वसाधारण आहत हुने निश्चित छ ।

टिप्पणीहरू