लागूऔषधले सतायो नेपाललाई

लागूऔषधले सतायो नेपाललाई

अवैध लागूऔषध हेरोइन मुद्दाका फरार प्रतिवादी झापाको मेचीनगर नगरपालिका–१० का २७ वर्षीय हर्कबहादुर तामाङलाई समातिएको छ ।

जिल्ला अदालत झापाको २०७५ असार २६ गतेको फैसलाले लागूऔषध हेरोइन मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा, भद्रपुरमा उपस्थित गराइएको छ । अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय,चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैवीच लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, क्याम्पबाट १२ ग्राम २ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–१०,तिलकेनी बस्ने २१ वर्षीय लक्ष्मण धामी र बझाङ बुगल नगरपालिका–८, जजल्ली बस्ने २२ वर्षीय नरेन्द्र जाग्री रहेका छन् ।

उनीहरूले बा.४२प ५४४६ नम्बरको मोटरसाइकलमा लुकाई छिपाई ल्याएको उक्त पदार्थ इलाका प्रहरी कार्यालय, बेलडाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा फेला परेको थियो ।

टिप्पणीहरू