महामारीको समयमा मास्क वितरण

महामारीको समयमा मास्क वितरण

राष्ट्रिय महिला अधिकार मञ्चले फ्रन्टलाईनमा खटिएर रिपोर्टिङ्ग गर्ने पत्रकार तथा गोर्खा विकास समन्वय समितिलाई मास्क वितरण गरेको छ ।

सोमबार मञ्चको वसन्तपुर र चन्द्रागिरी कीर्तिपुर समितिले उक्त कार्य गरेको मञ्चले बताएको छ । मञ्चका अनुसार फ्रन्टलाईनमा खटिएर रिपोर्टिङ्ग गर्ने महिला पत्रकार तथा व्यावसायिक पत्रकारलाई मास्क उपलब्ध गराउने उद्देश्यले १ हजार ५ सय थान मास्क उपत्यका प्रदेश समितिका अध्यक्ष सिर्जन झालाई हस्तान्तरण गरेको बताइएको छ ।

यस्तै,गोर्खा जिल्लाको भीमसेन गाउँपालिकामा अहिले महामारीले भयानक रुप लिएको बताउँदै मञ्चले गोर्खा विकास समन्वय समितिलाई मास्क वितरण गरेको छ ।

मञ्चले समितिका प्रतिनिधि विकास लामिछानेलाई हिजो १ हजार ५ सय मास्क हस्तान्तरण गरेको बताएको हो ।

टिप्पणीहरू