राष्ट्र बैंकको निर्माणाधीन भवनबाट खसेर मृत्यु

राष्ट्र बैंकको निर्माणाधीन भवनबाट खसेर मृत्यु

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित निर्माणाधीन भवनमा डण्डी बाँध्ने क्रममा खसेर एक जनाको ज्यान गएको छ ।

सिरहाको लाहान नगरपालिकाका ५० वर्षीय विन्देश्वर चौधरीको निर्माणाधीन भवनमा डण्डी बाँध्ने क्रममा खसेर सोमबार बिहान मृत्यु भएको हो ।

भवनको छैठौँ तलामा काम गर्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू