देशका विभिन्न ठाउँमा अनेक दुर्घटना

देशका विभिन्न ठाउँमा अनेक दुर्घटना

काठमाडौं र तनहुँमा करेन्ट लागेर एक महिला तथा एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्ग बस्ने बाग्लुङ तमानखोला गाउँपालिका ६ की ३२ वर्षीया गीता छन्त्यालको करेन्ट लागेर हिजो बिहान मृत्यु भएको हो ।

आफ्नै घरमा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ग्रिन सिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै,तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्केचोक बस्ने स्थानीय ४५ वर्षीय भीमबहादुर गुरुङको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।

रुखमा चढी हाँगा काट्ने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको हाडजोर्नी अस्पताल, आँबुखैरेनीमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू