आज कोरोनाबाट १ सय ३९ को निधन, अस्तिको तुलनामा तेब्बर, हिजोको तुलनामा दोब्बर

आज कोरोनाबाट १ सय ३९ को निधन, अस्तिको तुलनामा तेब्बर, हिजोको तुलनामा दोब्बर

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा उक्त अवधिमा ९ हजार २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १७ हजार ६ सय २३ पीसीआर तथा ७ सय ८८ जनामा एन्टिजेन गरी १८ हजार ४ सय ११ जनामा परीक्षण गरिएको थियो ।

आज नेपालमा संक्रमणमुक्त हुनेको संख्या ४ हजार ७ पुगेको छ । हालसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाएका छन् ।सोमबारसम्म देशभर ९३ हजार १ सय ४१ जना जना सक्रिय संक्रमित छन् । जसमध्ये ६ हजार ७ सय १५ जना संस्थागत आइसोलेसनमा र ५६ हजार ४ सय २६ जना होम आइसोलेसनमा रहेका छन् ।

हाल आईसीयूमा ९ सय १० जना र २ सय ९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

टिप्पणीहरू