प्रधानमन्त्रीकै वक्तव्यमा भाषा भसक्कै

प्रधानमन्त्रीकै वक्तव्यमा भाषा भसक्कै

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो जारी गर्नुभएको एक पृष्ठको प्रेस वक्तव्यमा २७ स्थानमा भाषागत त्रुटी देखिएको छ । मुलुकका कार्यकारीको हस्ताक्षरमा जारी भएको वक्तव्यमा भएका बग्रेल्ती भाषागत त्रुटीलाई के भन्ने ?

राज्य संयन्त्रको सबै सुविधा उपयोग गर्ने निकायबाट जारी हुने औपचारिक कागजातमा देखिने यस्ता त्रुटीको जिम्मेवार को हुने ? भन्ने चर्चा हुन थालेको छ । प्रधानमन्त्रीको हस्ताक्षरमा जारी भएको प्रेस वक्तव्यमा नेपाली पत्रको दायाँतर्फ लेखिने मितिलाई बायाँतर्फ उल्लेख गरिएको छ । त्यसैगरी भविष्य, संकल्प, संगठित, वामपन्थी, शहिदको, आशा र भरोसा, एमालेलाई, प्रमुख शव्द पनि अशुद्ध लेखिएका छन् ।

अहंकार, इर्ष्या, उनीहरूका, विरोधीहरूका, पछारी छाड्ने जस्ता, विरोधीहरूको, मनाउने जस्ता, प्रवृत्ति, हिसाबले, सोचौं, दिन्छौं, हिसाब, आह्वान, फैलाइए जस्ता, चलाइए जस्ता, मजबुत, महान् र धन्यवाद शव्द पनि अशुद्ध लेखिएको छ ।

त्यत्तिका बिज्ञ र सल्लाहकार टोलीले किन यस्ता कमजोरी नहेरेको होला ?

टिप्पणीहरू