अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा पक्राउ

पल्स अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा सर्जिकल स्टोरका सञ्चालक पक्राउ परेका छन् ।

जनकपुर उपमहानगरपालिका-९ मा डेरा गरी बस्ने सिरहा शुखिपुर नगरपालिका-२ का बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनरायण साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

एक हजार ७०० रुपैयाँ पर्ने पल्स अक्सिमिटर दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्ममा बिक्री गरी कालोबजारी गरेको भन्ने सूचनाका आधारमा उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीर्ले पक्राउ गरेकोे हो । साथै उक्त स्टोरबाट २८ थान पल्स अक्सिमिटर समेत बरामद गरेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू