मतदान परिणामबारे सभामुखले राष्ट्रपतिलाई जानकारी दिनैपर्ने व्यवस्था

मतदान परिणामबारे सभामुखले राष्ट्रपतिलाई जानकारी दिनैपर्ने व्यवस्था

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत नपाए पनि राजीनामा दिनुनपर्ने बताउनुभएको छ । उहाँले उक्त व्यवस्था संविधानमा नभएको समेत बताउनुभएको छ ।

नेम्वाङको उक्त भनाईबारे सोधिएको जिज्ञासामा एकजना संवैधानिक कानुनका ज्ञाताले भने ‘संविधानमा भएको व्यवस्थालाई त धोती लगाउनेहरूले त्यसो भन्नु कुन अचम्म भयो र ! सम्भवतः उहाँहरूको रणनीतिमा विश्वासको मत नपाए पनि राजीनामा नदिने र अर्को सरकार बनाएर देखाउन विपक्षीलाई चुनौती दिने हुनसक्छ ।’

विश्वासको मत नपाएपछि पनि पदमा बसिरहने भन्ने हुन्छ ? अविश्वास प्रस्ताव पास भएको अवस्थामा, विश्वासको मत फेल भएको अवस्थामा र अल्पमतमा परेर पनि पदमा टिकिरहने भन्ने कुरो संविधानले परिकल्पना नै गरेको छैन । त्यसो गर्ने हो भने संविधान किन चाहियो ?’

झण्डै दुई तिहाइ बहुमत नजिकको सरकार अहिले आफ्नै कारणले कुन अवस्थामा आइपुगेको छ भन्ने दृश्य आज बसेको संसद बैठकमा स्पष्ट भएको छ । एउटा पार्टी नेता तथा प्रधानमन्त्रीले आफ्नै कार्यकालमा पार्टीलाई कहाँ पुर्याएका छन् भनेर हेर्न अन्त कतै जान नपर्ने अर्का राजनीतिक विश्लेषकले बताएका छन् ।

संवैधानिक कानुनको ज्ञाताले भने ‘विश्वासको मत नपाएपछि पनि पदमा बसिरहने भन्ने हुन्छ ? अविश्वास प्रस्ताव पास भएको अवस्थामा, विश्वासको मत फेल भएको अवस्थामा र अल्पमतमा परेर पनि पदमा टिकिरहने भन्ने कुरो संविधानले परिकल्पना नै गरेको छैन । त्यसो गर्ने हो भने संविधान किन चाहियो ?’

कम्तिमा गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेलले राजीनामा दिएका थिए ।’

उनले प्रष्ट पार्दै भनेका छन् ‘कुनै पनि प्रधानमन्त्रीले विश्वासको मत लिने भनेको म बहुमतमा छु भनेर देखाउनको लागि हो । तर,उक्त प्रस्ताव पारित नहुनु भनेको उनको प्रस्ताव फेल हुनु र अल्पमतमा रहेको अवस्था हो । अरु जे गरे पनि कम्तिमा गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेलले राजीनामा दिएका थिए ।’

उता कर्णालीमा पनि मुख्यमन्त्री महेन्द्र शाहीले अविश्वासको प्रस्ताव फेस गरेर जित्न पर्ने उनको सुझाव छ । आज प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि शीतल निवासको भूमिका के होला भनेर सोधिएको जिज्ञासामा उनै विज्ञले भने ‘राजीनामा दिएको छैन भने पनि कामचलाउ सरकार भन्नुपर्छ ।’

हुन तः पुसमा संसद विघटन गर्दा राजीनामा नदिनुभएका प्रधानमन्त्री ओलीले आज पनि दिनेमा शंकै छ । विश्वासको मत पाइएन भने पनि राजीनामा नदिने आशयले नै उहाँको भाषा नेम्वाङले बोल्नुभएको अड्कल लगाइएको छ ।

संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त नगरेपछि एक सेकेण्ड पनि पदमा बस्न मिल्दैन । उता,विश्वासको मत प्राप्त नभएपछि त्यसको जानकारी सभामुखले राष्ट्रपतिसमक्ष तत्काल पठाउनै पर्ने हुन्छ ।

त्यसपछि राष्ट्रपतिले पनि अर्को सरकार नबनुञ्जेल ओली सरकारलाई कामचलाउ सरकारको घोषणा गरेर अहिलेसम्मको कार्यलाई प्रधानमन्त्रीलाई धन्यवाद भन्नुपर्ने हुन्छ ।

अहिलेको संवैधानिक व्यवस्थाअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव फेल भएको अवस्थामा नयाँ सरकार बनाउनको लागि राष्ट्रपतिसमक्ष विपक्षीहरूले बहुमत पुर्याएर हामी सरकार बनाउँछौं भनेर जानुपर्ने हुन्छ ।

नेपालको संविधान २०७२ को प्रक्रियाअनुसार आजको संसद बैठकपछि मतदानको परिणामबारे सभामुखले संसद सचिवालयमार्फत् औपचारिक जानकारी राष्ट्रपतिसमक्ष पठाउनुहुनेछ । त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर अर्को सरकार गठन नभएसम्मको लागि कामचलाउ सरकार घोषणा गरेर धन्यवाद दिने हुन्छ ।

टिप्पणीहरू