काठमाडौंमा निषेधाज्ञा अर्को १५ दिन थपियो

काठमाडौंमा निषेधाज्ञा अर्को १५ दिन थपियो

सरकारले काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा अर्को १५ दिनको लागि बढाएको छ ।

कोरोना महामारी झन् बढेकाले नियन्त्रणमा लिनको लागि थप १५ दिन निषेधाज्ञा बढाइएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौ, भक्तपुर र ललितपुरले बैशाख १६ गतेदेखि एक साताको लागि निषेधाज्ञा लगाएको थियो । तर, नेपाल सरकारले त्यसलाई लम्ब्याएर बैशाख ३० गतेसम्म पुर्याएको थियो ।

अब काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा जेठ १३ गतेसम्म कायम रहनेछ ।

टिप्पणीहरू