अस्पताल बाहिर गाडीमै राखेर उपचार

अस्पताल बाहिर गाडीमै राखेर उपचार

रुपन्देहीको भीम अस्पतालमा बेड अभाव भएपछि बाहिरै गाडीमा राखेर संक्रमितको उपचार भइरहेको छ ।

अस्पतालमा बिरामी राख्ने शैया भरिएपछि भुइँमा राखेर भएपनि उपचार गराइरहेकोमा त्यहीँ पनि भरिएको छ ।

अस्पतालमा संक्रमित बिरामीको चाँप बढेसँगै उपचार गराउन बेड अभाव भएको छ । अहिले संक्रमणका बिरामीलाई सिध्दार्थनगर नगरपालिकाका नगरप्रमुख प्रमुख हरिप्रसाद अधिकारीले प्रयोग गर्ने गाडीमा राखेर अस्पताल बाहिर उपचार गराइरहेको बताइएको छ ।

केही समययता एम्बुलेन्सको अभाव भएसँगै पालिकाका सवारी साधन,स्कुल भ्यान,अटो रिक्सा ( टेम्पु ) लगायतका सवारी साधन बिरामी बोक्ने काममा प्रयोग हुँदै आएको छ ।

टिप्पणीहरू