कालिमाटी तरकारी बजारमा ब्यापारीवीच तनाव

कालिमाटी तरकारी बजारमा ब्यापारीवीच तनाव

महामारी रोकथामको निम्ति काठमाण्डौको कालिमाटी तरकारी बजार बन्द गर्ने भनिएपछि तनाव सिर्जना भएको छ ।

महामारीका कारण भीडभाड बढेको भन्दै कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले बजार बन्द गराएपछि आज बिहान त्यहाँ तनाव सिर्जना बढेको हो ।

कालिमाटीमा व्यापार गर्दै आएका ब्यापारीहरुले बिहान करिव सवा ७ बजेको समयमा समितिले कृषि व्यापारीलाई मात्र व्यापार बन्द गराएकोले त्यसो गर्न नमिल्ने बताएका छन् । उनीहरुले त्यहाँ भित्रका सबै व्यापार व्यवसाय बन्द भए मात्र आफूहरुले पनि बन्द गर्ने बताए ।

आन्दोलित कृषि व्यापारीहरुले सबै व्यापार बन्द नभएको अवस्थामा आफूहरुले बजारको मूल गेटमा ताला लगाइदिने बताएका छन् ।

टिप्पणीहरू