सांसद अपहरण नहुने प्रधानमन्त्रीका नक्कली सल्लाहकारको सन्देश

सांसद अपहरण नहुने प्रधानमन्त्रीका नक्कली सल्लाहकारको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको नक्कली ट्विटर अकाउन्टबाट आज संसदमा हुने विश्वासको प्रस्तावमाथिको छलफलमा कुनैपनि सांसदलाई अपहरण नगरिने वचन दिइएको छ ।

कोरोना संक्रमित सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा लैख्दै भनेका छन् ‘हाम्रो पार्टीका वरिष्ठ युवा जुझारु नेता कमरेड महेश बस्नेतज्यू कोरोना संक्रमणका कारण अस्वस्थ तथा असक्त हुनुभएका कारण विश्वासको मतदानको लागि कुनै सांदद अपहरण नहुने जानकारी गराउँदै छु ।’

नक्कली नै भए पनि यो स्टाटसले सांसद बस्नेतलाई अपहरणकारी दोषारोपण गरेको छ ।

टिप्पणीहरू