राजेन्द्र लिङ्गदेनलाई तटस्थ बस्न निर्देशन

राजेन्द्र लिङ्गदेनलाई तटस्थ बस्न निर्देशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो एक्लो सांसद राजेन्द्र लिङ्गदेनलाई आज संसदमा हुने विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्न निर्देशन दिएको छ ।

संसदीय निर्वाचनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र लिङ्गदेनले झापामा तालमेल गरेर जितेका हुन् ।

राप्रपाको उच्च स्रोतले भनेको छ ‘जिल्लाको आन्तरिक राजनीतिलाई हेर्दा विश्वासको प्रस्तावमा मत नदिनु नै राम्रो भन्दै पार्टी नेतृत्वले अर्को विकल्पमा तटस्थ बस्न भनेको हो ।’

यता राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा लेख्दै नाटकीय परिवर्तन भएन भने आज प्रधानमन्त्रीले संसदमा विश्वासको मत गुमाउने बताउनुभएको छ । उहाँले लेख्नुभएको छ ‘आजै राजीनामा आउला,फेरि प्रधानमन्त्री बन्न सक्नुहोला ।’

थापाले चुच्चे नक्सा प्रकाशन र विखण्डनकारी सीके राउतलाई मूलधारमा ल्याएको भन्दै प्रधानमन्त्रीबाट बिदाइकै शैलिमा ओलीको सम्झना भइरहने उल्लेख गर्नुभएको छ ।

टिप्पणीहरू