एकै रात पाँचको निधन १० दिनमा २७ ले ज्यान गुमाए

एकै रात पाँचको निधन १० दिनमा २७ ले ज्यान गुमाए

 कोरोना संक्रमणका कारण होम आइसोलेसनमा रहेका एउटै वडा एउटै टोलका दुई पुरुषको  निधन भएको छ ।

निधन हुनेमा धुलिखेल नगरपालिका वडा नम्वर ११ पातलेखेत डाँडागाउँ निवासी हुन् । पछिल्लो दश दिनमा संक्रमणबाट निधन हुनेको संख्या २७ पुगेको छ।

जिल्लामा संक्रमणपछि होमआईसोलेसनमै निधन भएको यो पहिलो घटना हो। २७ वर्षीय युवकले वैशाख २४ गते धुलिखेल अस्पतालमा कोरोना परिक्षण गराएका थिए ।

‘२४ गते साँझ कोरोना पोजेटिभ देखिएपछि उनी होम आईसोलेसनमा थिए, धुलिखेल अस्पतालको स्वास्थ्य शाखाबाट उनको अवस्थाबारे जानकारी लिई असहज भए अस्पताल आउन र स्वास्थ्यकर्मीको सम्पर्कमा रहन अनुरोध गरिएको थियो”– स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले भन्नुभयो ।

“हिजो शनिबार राति नै उहाँको निधन भईसकेछ । एकजना ५८ बर्षिय पुरुषको हिजो नै पोजेटिभ देखिएको थियो । उहाँको पनि घरमै निधन भएकोछ ।” स्वास्थ्य शाखाले नगर भित्र रहेका सबै संक्रमित विरामीहरूको अवस्थाका बारेमा जानकारी लिदै स्वास्थ्य समस्या भए स्वाथ्यकर्मीहरूसँग सम्पर्क गर्न नम्वर सहितको विवरण उपलब्ध गराउँदै आएको छ ।

शनिबार राति नै धुलिखेल अस्पतालमा धुलिखेल ४ की ६२ बर्षिया महिलाको उपचार नै शुरु गर्न नपाई अस्पतालमा निधन भएको छ। अर्का एकजनाको उपचारको क्रममा निधन भएको छ भने बनेपा घर भएका एक जनाको बनेपाको शिर मेमोरियल अस्पतालमा निधन भएको छ ।

संक्रमणदर बढिरहँदा जिल्लामा निधन हुनेहरूको संख्या पनि बढिरहेको छ। दोश्रो भेरियन्टका कारण २७ जनाले ज्यान गुमाएका छन् भने जिल्लामा संक्रमणका कारण निधन हुनेहरूको संख्या ९० पुगेको छ। सक्रिय संक्रमित शनिबार साँझसम्म १ हजार ७४ छ ।

टिप्पणीहरू