माधव पक्षका सांसदले राजीनामा नदिए के हुन्छ ?

माधव पक्षका सांसदले राजीनामा नदिए के हुन्छ ?

नेकपा (एमाले) को माधव नेपाल पक्षका सांसदहरुले आज दिने भनेको राजीनामा अन्तिम समयमा रोकिएपछि विपक्षी गठवन्धन आशंकित भएको छ ।

प्रधानमन्त्री ओलीको बहिर्गमनका लागि विपक्षी गठवन्धनसँगै उभिएको नेपाल पक्षबाट धोका हुनसक्ने भन्दै काँग्रेस,माओवादीलगायतका दलहरु आशंकित भएका हुन् ।

वैकल्पिक सरकार गठनका लागि अलमल गर्दै आएको प्रतिपक्षी काँग्रेस नेता नेपालले ‘ग्रिन सिग्नल’ दिएपछि अग्रसर भएको सार्वजनिक चर्चा भएको थियो ।

‘नेपाल आफैँमा बचन तोड्ने नेता त होइन तर उहाँलाई आफैंभित्र मिलाउन अप्ठेरो परेको छ’,स्रोतले भन्यो ।”

काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न आवश्यक पर्ने आफ्ना सांसदहरुलाई राजीनामा गराउने शर्तमा नेपालनिकट डा.खिमलाल देवकोटालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन विपक्षी गठवन्धन सहमत भएको बताइएको थियो ।

काँग्रेस, माओवादीलगायत विपक्षी गठवन्धनका दलहरुसँग लगातार छलफलमा जुट्नुभएका नेता नेपालले आगामी चुनावसम्मै गठवन्धन कायम राखेर जाने बचन दिनुभएको चर्चा चलेको थियो ।

नेपाल समूहका सांसदहरुले राजीनामा दिएपछि ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन तयार भएका विपक्षीहरु निराश भएको बताइन्छ । खासगरी काँग्रेस सभापति शेरबहादुर देउवा नेपाल पक्षका सांसदहरुले राजीनामा दिनेमा आश्वस्त नरहेको बताइएको छ । ‘हामीलाई अझै पनि एमाले एकतावद्ध हुन्छ भन्ने नै लाग्छ । उहाँहरु अन्तिममा मिल्नुहुन्छ । जसपामा पनि बिबाद छ,त्यसैले हामीले अविश्वासको प्रस्ताव ल्याउन हतार गर्नु हुँदैन भनेका हौँ’,बूढानीलकण्ठ स्रोतले भन्यो ।

“अन्तिम समयमा आएर राजीनामाको निर्णयबाट ब्याक हुँदा पदलोलुपताको आरोप लाग्ने र केपी ओलीले थप पेल्ने बुझाइमा नेपाल रहेको बताइन्छ ।

नेपाल पक्षकै केही नेताले राजीनामा दिन नहुने मत राख्न थालेपछि आजको राजीनामा रोकिएको विश्लेषण पनि गरिएको छ । आफूहरुले त्यत्तिकै राजीनामा दिँदा पार्टी विभाजन गराएको आरोप लाग्ने हुँदा हतारमा निर्णय गर्न नहुने मत नेपाल समूहमा जवरजस्त बनेको बताइन्छ ।

एकातिर आफैंभित्र एक मत नहुनु, अर्कोतिर सहमतिको गुन्जायस बाँकी नै रहेको दाबी गरिएकाले नेपाल पक्षका सांसदहरुले भोलि कडा कदम चालेमा आश्चर्य मान्न नहुने कतिपयको बुझाइ छ ।

‘जो प्रधानमन्त्री र पार्टी अध्यक्ष छ,उसले अलिकति पनि लचिलो हुनुनपर्ने,अनि हामीले चैं उहाँहरुले जे भन्यो त्यहि मानेर भोट हाल्न गैदिनुपर्ने ?’

‘प्रधानमन्त्री ओलीले कुनै न कुनै रुपमा अल्झाईराख्ने अनि उहाँहरु अल्झिरहने एकातिर छ भने अर्कोतिर चैं उहाँहरु आफैंभित्र राजीनामा दिन नहुने झिनो मत प्रकट भएको सुनिन्छ । यस्तो अवस्थामा आज राजीनामा नआएको हुनसक्छ’,स्रोत भन्छ ।

नेता नेपाल आफैँ भने विपक्षी गठवन्धन टुटाएर ओलीलाई जोगाउन नहुने पक्षमा दृढ देखिनुहुन्छ । ‘नेपाल आफैँमा बचन तोड्ने नेता त होइन तर उहाँलाई आफैंभित्र मिलाउन अप्ठेरो परेको छ’,स्रोतले भन्यो । अन्तिम समयमा आएर राजीनामाको निर्णयबाट ब्याक हुँदा पदलोलुपताको आरोप लाग्ने र केपी ओलीले थप पेल्ने बुझाइमा नेपाल रहेको बताइन्छ ।

एकातिर ओलीको पेलाई, अर्कोतिर विपक्षी दलहरुसंगको विश्वास टुट्ने खतरा

त्यसो त,पार्टी एकता बचाउने नाममा आत्मसमर्पण गर्न नहुने मत नेपाल पक्षमा जबर्जस्त छ । केही नेताले आफूहरुलाई अल्झाराख्ने र विश्वासको मत लिएपछि कारवाही गर्ने षड्यन्त्र चिर्न नसके आफ्नैलागि प्रत्युत्पादक हुने बताइरहेका छन् । ‘जो प्रधानमन्त्री र पार्टी अध्यक्ष छ,उसले अलिकति पनि लचिलो हुनुनपर्ने,अनि हामीले चैं उहाँहरुले जे भन्यो त्यहि मानेर भोट हाल्न गैदिनुपर्ने ?’,नेपाल स्रोत भन्छ,अझै छलफल गरौं भन्ने कुरा ठीकै हो,तर ओली हाम्रा माग सम्बोधन गर्न तयार हुनुहुन्छ भन्ने लाग्दैन ।’

यता,एमाले एकतावद्ध हुँदा जसपा भने विभाजनमा धकेलिने देखिन्छ । आज उसले आधीले विश्वासको मतको विपक्षमा मत हाल्ने र आधी तटस्थ बस्ने निर्णय गरेको छ । स्रोत भन्छ,’ओलीले चाहेअनुसार रातारात चमत्कार भयो भने सिंगो एमालेको १२१,नेमकिपा र राप्रपाको १/१ गर्दा १२३ हुन्छ । ओलीलाई चाहिने थप १३ सांसद जुटाउन जसपामा सांसद तानातानको खेल शुरु हुन सक्छ । तर,यो अहिलेलाई काल्पनिक निवन्धको यौटा प्लट भन्दाबाहेक केही पनि होइन’ ।

“ओलीलाई विश्वासको मत दिए उहाँ थप शक्तिशाली हुँदै जाने र विभिन्न आश्वासनमा आफ्ना नेता तथा सांसद चोर्ने खतरा रहेको नेपाल समूहको चिन्ता छ ।”

अहिले सत्ता राजनीतिमा निर्णायक देखिएको नेपाल समूह सही समयमा सही निर्णय गर्न नसके जसपाकै हालतमा पुग्ने विश्लेषण गर्नेहरु पनि छन् । संसद्को चौथो शक्ति जसपा कुनैबेला सत्ता समीकरणको ‘की रोल’ मा थियो । तर राजनीतिक समीकरणले दुई खेमामा विभाजित हुँदा अहिले ऊ कमजोर अवस्थामा पुगेको छ । नेतृत्वले ‘बोल्ड डिसिजन’ गर्न नसके पार्टीमा क्षयीकरण शुरु हुने नेपाल पक्षका नेताहरुको चिन्ता छ ।

आत्मसमर्पण गरेर विश्वासको मत दिँदा पनि ओलीबाट कारवाही नहुने कुनै ग्यारेन्टी नभएको भन्दै नेपाल पक्षका एक नेताले भने, ‘एकातिर ओलीको पेलाई, अर्कोतिर विपक्षी दलहरुसंगको विश्वास टुट्ने खतरा,यस्तो जटिल राजनीतिक अवस्थामा हामी छौँ ।’ ओलीलाई विश्वासको मत दिए उहाँ थप शक्तिशाली हुँदै जाने र विभिन्न आश्वासनमा आफ्ना नेता तथा सांसद चोर्ने खतरा रहेको नेपाल समूहको चिन्ता छ ।

टिप्पणीहरू