महामारीमा हेलिकोप्टरको भाउ, विचौलियाको अर्कै दाउ

महामारीमा हेलिकोप्टरको भाउ, विचौलियाको अर्कै दाउ

कोरोना संक्रमणको कारण सरकारले घोषणा गरेको निषेधाज्ञाले मुलुकभर सडक र हवाई यातायात दुबै बन्द छ । यहि समयको सदुपयोग गर्ने उद्देश्यले हवाई सेवा नेपालको नाममा विज्ञापन छ्याप्छ्याप्ती बनाइएको छ ।

बिरामीको लागि आवश्यक परेमा सम्पर्क राख्न भन्दै फोन नम्बरसहित प्रकाशित विज्ञापनमा भाडादर भने खुलाइएको छैन । मौका छोप्ने उद्देश्यले जारी गरिएका यस्ता सूचनाबाट सर्वसाधारण लाभान्वित भन्दा बढी प्रताडित हुनेमा कुनै शंका छैन ।

फेसबुकलगायत सामाजिक सञ्जालमा विदेशी मुद्रा भुक्तानी गरेर बुस्ट गरिएका यस्ता विज्ञापन समाज सेवाको उद्देश्यबाट अभिप्रेरित भएर सार्वजनिक गरिएको भन्न सकिने आधार भेटिँदैन ।

स्रोत भन्छ ‘यो कुनै एउटा हेलिकोप्टर कम्पनीको विज्ञापन नभएर बिचौलियाको हिसाबले अन्य कम्पनी,समूह वा व्यक्तिले सञ्चालन गरेको व्यवसाय हो । यो आपतकालीन अवस्थाका सर्वसाधारण र हेलिकोप्टर कम्पनीबीच कमिशन खाने प्रयोजनको लागि गरिएको विज्ञापन हो ।’

टिप्पणीहरू