मुख्यमन्त्रीको राजीनामामा जनताका बैरीलाई चुनावले तह लाउने दावी

मुख्यमन्त्रीको राजीनामामा जनताका बैरीलाई चुनावले तह लाउने दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भोलि अविश्वासको प्रस्ताव सामना गर्नुअगाडि आज पदबाट दिएको राजीनामापत्रमा विपक्षी दललाई जनताका बैरीको संज्ञा दिएर चर्को गाली गरिएको छ ।

राजीनामापत्रमा जनताका बैरीलाई चुनावले दण्डित गर्ने ब्यहोरा उल्लेख छ । उहाँले देशमा स्थिरता नचाहने,विकासविरोधी तत्वहरुको अराजनीतिक चलखेलको कारण आफूले राजीनामा दिएको बताउनुभएको छ ।

उहाँले अगाडि लेख्नुभएको छ ‘हिजोसम्म सहकार्य गरेका र एउटै घोषणापत्रमार्फत् निर्वाचनमा गएका दलहरूबाट समेत असहयोग र अस्थिरताको वातावरण सृजना भएका कारण’ राजीनामा दिएको छु ।

टिप्पणीहरू