अविश्वास छेक्न गण्डकीमा पनि लुम्बिनी मोडल

अविश्वास छेक्न गण्डकीमा पनि लुम्बिनी मोडल

सत्ता जोगाउन लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले अपनाउनुभएको मोडल अहिले मुलुककै निम्ति रोल मोडल भएको छ ।

त्यसैको सिको गरेर आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि भोलिको अविश्वास सामना गर्नु २४ घन्टा अगाडि नै पदबाट राजीनामा दिनुभएको छ । यसअघि उहाँले पद जोगाउन जनमोर्चाका साँसद खिमबिक्रम शाहीलाई कोरोनाको नक्कली बिरामी बनाई अस्पताल पुर्याउनु भएको थियो ।

उहाँलाई नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ मन्त्री थप्ने ग्रेस पिरियड दिँदै नयाँ मन्त्रीमण्डल बनाउन आदेश दिनुभएको छ । यसअघिका प्रदेश प्रमुख अमिक शेरचन माओवादी केन्द्र निकट भएकाले यो गतिविधि गर्न अप्ठेरो परेको अहिले पुष्टि भएको छ ।

आफूले भनेझैँ गर्नको लागि प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साता गण्डकी र सुदूर पश्चिम प्रदेशका प्रमुखलाई एकाएक हटाउनुको रहस्य खुलेको बताइएको छ ।

यता भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुुहुन्छ । उहाँले पनि एउटा हातमा राजीनामा लिएर शीतल निवास छिरी निस्कँदा अर्को हातमा नियुक्ति लिने सम्भावना बढेको छ ।

टिप्पणीहरू