एमालेका दुई पक्षको वार्ता सकियो,अर्को भेट छिट्टै हुने

एमालेका दुई पक्षको वार्ता सकियो,अर्को भेट छिट्टै हुने

प्रधानमन्त्री केपी ओलीका दूतको रुपमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,उपनेता सुभाषचन्द्र नेम्वाङ र बरिष्ठ नेता माधवकुमार नेपाल वीच पौने ४ बजेबाट एक घण्टासम्म चलेको भेटवार्ता सकिएको छ ।

भेटमा पार्टी एकता जोगाउने विषयमा पुनर्विचार गर्न बरिष्ठ नेता नेपाल सकरात्मक हुनुभएको र थप छलफलको लागि सकेसम्म आजै,नभए भोलि बिहानसम्म फेरि छलफल गर्ने सहमति भएको बताइन्छ ।

यो संगै आज बुझाउन तयार पारिएको २० जनाको राजीनामासमेत अर्को वार्ताको परिणाम नआउँदा सम्मको लागि रोकिएको बताइन्छ ।

टिप्पणीहरू