शक्ति केन्द्रको छुट्टै योजना,प्रधानमन्त्रीको आफ्नै दाउ

शक्ति केन्द्रको छुट्टै योजना,प्रधानमन्त्रीको आफ्नै दाउ

सत्ता जोगाउन जे-जस्तो राजनीतिक दाउपेच गर्न पछि नपर्ने गतिविधि गर्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर, पार्टी एक भए पनि सत्ता नजोगिने छाँटकाँटले मूर्त रुप लिँदै गरेको देख्न सकिन्छ ।

अब जसपाले एकजुट भएर भोट दिएपनि ओली सरकार नटिक्ने बताउन थालिएको छ । हिजो दिउँसो पूर्वराजपा तथा हाल जसपाका नेताहरूले भारतीय दूतावास छिरेर सबै बेलिबिस्तार लगाएका छन् । दूतावासमा महन्थ ठाकुर र राजेन्द्र महतोले आफूहरूले पार्टी फुटाएर ओली सरकार जोगाउनुको कुनै अर्थ नभएको बताएको स्रोतको दाबी छ ।

उनीहरूको निश्कर्ष थियो ‘केही समय अघिसम्म आफूहरू निर्णायक रहेकोमा परिस्थितिले एमालेका वरिष्ठ नेता माधवकुमार नेपालहरू निर्णायक बनेकाले विश्वासको मतमा आफ्नो भ्यालु छैन ।’ त्यसपछि जसपाका नेताहरूले एमाले एक भएपनि आफूहरूले ओलीलाई विश्वासको मत नदिने बताउन थालेका हुन् ।

देउवाको आगामी अविश्वासको प्रस्तावमा दस्तखत नगरोस् भन्ने मात्रै हो । उहाँले अहिलेसम्म हामीसँग विश्वासको मतसमेत राम्रोसँग माग्नु भएको छैन ।’

भारतीय दूतावासको हवाला दिँदै स्रोत भन्छ ‘यसअघि प्रधानमन्त्री, दक्षिणको मित्र र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको सहमतिको चुरो कुरो ‘अर्ली चुनाव’ हो तर विश्वासको मत दिएपछि ओली चुनावमा जाँदैनन् भन्ने ठाकुर र महतोको निश्कर्षपछि दूतावास पछि हटेको छ ।’

उनीहरूको निश्कर्ष छ ‘सरकार टिक्यो भने अर्ली चुनाव हुँदैन । किनभने आफूहरू (दक्षिणका मित्र) ले पनि ओलीलाई समर्थन भनेको संसदभित्रको अंकगणित र संविधानका केही व्यवस्थालाई परिवर्तन गराउनको निम्ति मात्र हो ।’

परिस्थितिले कालान्तरमा पुनः एमाले र माओवादी मिल्ने सम्भावना जीवितै रहेको पनि भारतीय पक्षको निचोड रहेको बताइन्छ । आगामी डेढ वर्षपछिको चुनावमा जाँदा भारतविरोधी राष्ट्रवादी नारा घन्काउन पर्ने बाध्यकारी अवस्थामा प्रधानमन्त्री हुनुुहुन्छ । त्यसैले डेढ वर्षको बीचमा दुई पार्टीबीच कार्यगत एकता गरेर चुनावमा जानसक्ने अवस्था नबन्ला भन्न सकिँदैन भन्ने भारतीय पक्षको आँकलनबारे स्रोतले दाबी गरेको छ ।

“उहाँहरूबीचको सहमति नै अर्ली चुनाव हो । जसपाले साथ दिने बित्तिक्कै अर्ली चुनाव हुँदैन

आगामी डेढ वर्षको बीचमा हुने स्थानीय र प्रदेशको निर्वाचनमा एमाले र माओवादी दुवैले नराम्रोसँग हार्ने पक्का रहेको पनि दूतावासको छलफलमा उठेको थियो । त्यसैले धेरै वटा विकल्प र मोडालिटीबारे दक्षिणका मित्रहरूले राम्रै होमवर्क गरेको बताइन्छ ।

स्रोत भन्छ ‘ठूला पावर सेन्टरहरूले विकल्प बनाउँदा धेरैवटा विकल्प र मोडालिटी छान्छन् । त्यसैले यो संसदको आयु अझै लम्बिने र अर्ली चुनाव नहुने शर्तमा भारतीयहरूले यसअघि ओलीलाई दिएको समर्थन अब गर्दैनन् । उहाँहरूबीचको सहमति नै अर्ली चुनाव हो । जसपाले साथ दिने बित्तिक्कै अर्ली चुनाव हुँदैन । उनीहरूलाई पार्टी विभाजन गरेर सरकारमा जानुपर्ने हुन्छ । ठाकुर र महतोलाई पनि आफूसँग यति नै सांसद छन् भन्ने कुनै निचोड छैन । किनभने उनीहरू केन्द्रीय समितिमा अल्पमतमा परिसके । त्यसो भएकाले केपी ओलीको सरकारले निरन्तरता पाउनसक्ने आधार देखिँदैन ।’

यता,बालुवाटारमा प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसँग हिजो लामो छलफल गर्नुभएको छ । सत्ता टिकाउन विभिन्न हत्कण्डा अपनाउने क्रममा सोझै अख्तियार प्रमुखसँग भेटिएको विषयले प्रधानमन्त्रीप्रति सामान्य सहानुभूति राख्नेहरू पनि सबै बिच्किएका छन् ।

यता,जसपाका नेताहरूमध्ये पूर्व राजपाका नेताहरूले सोमबार प्रधानमन्त्रीलाई विश्वासको भोट दिनुपर्ने अवस्था नै नआउने बताउन थालेका छन् । उनीहरूको बुझाईमा प्रधानमन्त्री ओलीले सरकार टिकाउन विश्वासको मत लिन खोजेकै होइन । यसमा छिमेकी मुलुकहरूसहित काँग्रेसको समेत बुझाई मिलेको बताइन्छ ।

यो केवल प्रधानमन्त्रीले संसद विघटनको लागि गरेको अनेक प्रयासमध्येको एउटा हो । किनभने उहाँले मधेशवादी दल र तिनका नेतालाई आजसम्म गर्दै आउनुभएको मन्त्रणा भनेको उनीहरू अर्को दलमा नमिसिउन् भन्ने मात्रै हो । उहाँलाई आफूहरूको विश्वासको मत नचाहिएको जसपाका अधिकांश नेताले बुझेका छन् । तीमध्येका एकजना नेता भन्छन् ‘खाली देउवाको आगामी अविश्वासको प्रस्तावमा दस्तखत नगरोस् भन्ने मात्रै हो । उहाँले अहिलेसम्म हामीसँग विश्वासको मतसमेत राम्रोसँग माग्नु भएको छैन ।’

टिप्पणीहरू