महाकाली अस्पतालले भन्यो ‘अक्सिजन प्लान्ट चाहियो’

महाकाली अस्पतालले भन्यो ‘अक्सिजन प्लान्ट चाहियो’

कञ्चनपुरको महाकाली अस्पतालले अक्सिजन प्लान्ट जडान गर्न आवश्यक देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको छ ।

मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै लेखिएको उक्त पत्रमा दुई सय शैयाको अस्पतालमा कोरोना महामारीका बिरामी थेगिनसक्नु बढेकाले अक्सिजनको अभावमा उपचार प्रभावित हुन थालेको बताइएको छ ।

अक्सिजन अभावका कारण बिरामीको मृत्युसम्म हुने अवस्था देखिएकाले अस्पतालले मन्त्रालयसँग अक्सिजनको दिर्घकालीन व्यवस्थापनको लागि चार करोड रुपैयाँ उपलब्ध गराउन अनुरोध गरेको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा।हरिकुमार श्रेष्ठका अनुसार अस्पतालमा अक्सिजन प्लान्ट वा लिक्विड अक्सिजन प्लान्ट जडानका निम्ति आवश्यक पर्ने रकम उपलब्ध गराउन भनिएको हो ।

टिप्पणीहरू