फ्रन्टलाइनका पत्रकारको निम्ति प्रयत्न

फ्रन्टलाइनका पत्रकारको निम्ति प्रयत्न

लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्य पत्रकार तथा आम जनतालाई काेराेना उपचारमा सहजताकाेलागि सथानीय प्रशासन र अस्पताल प्रशासनकाे ध्यानाकर्षण गराएकाे छ ।

क्लबका अध्यक्ष नरेश के.सी.ले रुपन्देहीका सहायक प्रजिअ बिजय पाैडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै स्थलगत रिपोर्टिङमा हिंड्ने क्लबका सदस्य पत्रकार तथा आम जनताकाे काेराेना संक्रमणपछिकाे उपचारमा जिल्लाका अस्पताल प्रशासनलाई अझै क्रियाशील र व्यवस्थित गराउन माग गरेका हुन् ।

“महामारीकाे जाेखिममा पनि आफ्नाे कर्तब्य र दायित्व सम्झेर समाचार संकलनकाे क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई काेराेना संक्रमण भइरहँदा सहज ढंगले उपचार गर्ने गराउने वातावरण बनाइदिन प्रशासनलाई अनुराेध गरेका छौँ । “संस्थाका अध्यक्ष नरेश के.सी.ले भने ।

फ्रन्टलाइनमा खटिरहेका पत्रकारहरुकाे लागि राज्य गम्भिर रहेकाे बताउँदै पाैडेलले भने, ” लुम्बिनी प्रेस क्लबले कोभिड संक्रमितहरुकाे उपचारका लागि ध्यानाकर्षण पत्र बुझाएकाे छ । हामी सबै पत्रकार तथा आम जनताकाे उपचार सहज र ब्यवस्थित ढंगले हाेस् भनी यसै पत्रलाई साथमा राखेर जिल्लाका सबै अस्पताललाई थप निर्देशन दिनेछौं । “

लुम्बिनी प्रेस क्लबले आफ्ना सदस्यहरुकाेलागि स्यानिटाइजर, मास्कहरु अावश्यक भए जति उपलब्ध समेत गराउँदै आएकाे छ । मास्क,स्यानिटाइजकाेलागि संस्थाका काेषाध्यक्ष प्रकाश न्याैपानेले संयाेजन गरिरहेका छन् ।

यसैगरी क्लबले लुम्बिनी राेडमा रहेकाे चारतल्ले भवन पनि अक्सिजन बैंक,अाईसाेलेशन वा हाेल्डिङ सेन्टर जे उपयुक्त हुन्छ त्यहि राख्नेगरी सरकारी तथा गैरसरकारी निकायलाई दिने निर्णय पनि गरिसकेकाे छ ।

टिप्पणीहरू