अनटेष्ट लेखेको टिपरले हान्दा साइकल यात्री ठहरै

अनटेष्ट लेखेको टिपरले हान्दा साइकल यात्री ठहरै

रौतहटको चन्द्रपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा अनटेष्ट लेखेको टिपरले शनिबार दिउँसो ठक्कर दिँदा साईकलयात्री बृन्दाबन नगरपालिका-७ हर्षाहाका ३५ वर्षीय दिल किशोर रामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिका-३ भगवतीपुरस्थित सडकमा बीआर ३० एस ९२४५ नम्बरको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिँदा सोही ठाउँका श्याम महतोका ४ वर्षीय छोरा आदित्य महतोको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि नव जीवन अस्पताल बरहथवा लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकको फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू