रक्सीको रमाइलोले महेशको प्राण लियो

रक्सीको रमाइलोले महेशको प्राण लियो

सँगै बसेर रक्सी पिएका दुई जना आपसमा कुटपिट गर्दा एक जनाको प्राण गएको छ ।

ओखलढुंगाको खजिदेम्बा गाउँपालिका-१ आरुबोटका ६० वर्षीय महेशकुमार खड्का र ५० वर्षीय प्रेमकुमार सुनुवारबीच रक्सी पिएर शनिबार बेलुका झगडा भएको थियो । आपसी झगडा कुटाकुटमा परिणत हुँदा महेशकुमार खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका प्रेमकुमारलाई उपचारको लागि ओखलढुंगा सामुदायिक अस्पतालतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू