दोधारा चाँदनीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

दोधारा चाँदनीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

कञ्चनपुरमा अवैध लागुऔषध ब्राउन सुगरसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

दोधारा चाँदनी नगरपालिका-१ स्थित पक्की पुल नजिकबाट करिब १४ ग्राम ६९ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सोही ठाउँका ३३ वर्षीय प्रेमदत्त भट्ट र बेतकोट नगरपालिका-२ का ३२ वर्षीय केशब खत्रीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ
गरेको हो ।

विशेष सुराकीका आधारमा म.२ प ७१०० नम्बरको स्कुटरलाई चेकजाँच गर्नेक्रममा स्कुटरमा सवार उनीहरूलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको हो ।

टिप्पणीहरू