निषेधाज्ञा तोडेर प्रहरीमाथि हातपातमा उत्रने दुई जना पक्राउ

निषेधाज्ञा तोडेर प्रहरीमाथि हातपातमा उत्रने दुई जना पक्राउ

निषेधाज्ञामा मास्क नलगाई लखर-लखर सडकमा हिंडेको एउटा समूहले प्रहरीमाथि हातपात गरेको छ ।

मास्क नलगाई हिँडडुल गरेका मानिसहरूलाई सम्झाई बुझाई गरिरहेको प्रहरीलाई उल्टै गालीगलौज गर्दै हातपातमा उत्रिने इनरुवा नगरपालिका-१० जाल्पापुरका २६ वर्षीय नजाम मिया र २७ वर्षीय शम्शेर मिया पक्राउ परेका छन् ।

उनीहरुलाई ईनरुवा नगरपालिका-९ पोखरी चोकबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।

टिप्पणीहरू