२७ वर्षे युवक अस्पतालबाट घर पुग्नासाथ ढले

२७ वर्षे युवक अस्पतालबाट घर पुग्नासाथ ढले

धुलिखेलमा भर्खरको उमेरका एक जना संक्रमितको अस्पतालबाट घर फर्केपछि मृत्यु भएको छ ।

होम आइसोलेशनमा बसेका २७ वर्षीय युवकलाई शुक्रबार अक्सिजन लेभल घटेपछि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।

तर अस्पतालबाट घर फर्केलगत्तै हिजै उनको ज्यान गएको बताइएको छ । अस्पतालबाट ठीक भयो भनेर घर पठाइएका उनी घर फर्केपछि बेहोस भएका थिए ।

हिजो साँझ बेहोस भएका उनी सदाको लागि निदाएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू