महामारीबाट अति प्रभावित जिल्ला कुन कुन ?

महामारीबाट अति प्रभावित जिल्ला कुन कुन ?

कोरोना महामारीको दोस्रो लहरले अन्यत्र झैँ नेपालमा आतङ्क मच्चाइरहेको छ । पछिल्लो सातादेखि ह्वात्तै बढेको संक्रमणका कारण देशका सबै जिल्ला जोखिममा परिसकेका छन् ।

शनिबारसम्म अति प्रभावित २० जिल्लामा ७१ हजार ४ सय २८ जनामा संक्रमण फेला परेको छ । सर्वाधिक संक्रमितसहित काठमाडौं जिल्ला पहिलो स्थानमा छ । हिजोसम्म काठमाडौंमा दोस्रो लहरका कारण २६ हजार ४ सय २६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,७ हजार १ सय २१ सहित रुपन्देही दोस्रो स्थानमा रहेको छ । ललितपुर ५ हजार १ सय १२ जना संक्रमितसहित तेस्रो स्थानमा रहेको बताइएको छ ।

दोस्रो लहरको पहिलो हटस्पट बनेको बाँकेमा पनि संक्रमितको संख्या बढेको छ । पछिल्लो विवरणअनुसार बाँकेमा ५ हजार ४ सय ७८, भक्तपुरमा ३ हजार ५ सय ४० र कास्कीमा २ हजार ७ सय ७८ जना संक्रमित रहेकाले ती जिल्ला क्रमशः चौथो,पाँचौं र छैठौं स्थानमा छन् ।
उता सातौं स्थानमा रहेको दाङमा २ हजार ६ सय ९९,आठौं बनेको मोरङ्गमा २ हजार ५ सय ६८,नवौं रहेको चितवनमा २ हजार ४०,दशौं सुर्खेतमा १ हजार ८ सय ९६ जना संक्रमित पुष्टि भएका छन् ।

त्यसपछि क्रमशः कैलालीमा १ हजार ७ सय २६, पर्सामा १ हजार ५ सय ८५, झापामा १ हजार ५ सय ५, धनुषमा १ हजार १ सय ८८, सुनसरीमा १ हजार ८७, काभ्रेपलाञ्चोकमा ९ सय ९२, मकवानपुरमा ९ सय २५, पाल्पामा ८ सय १८, पश्चिम नवलपरासीमा ७ सय ४ तथा बर्दियामा ६ सय ४० जनामा संक्रमित फेला परेका छन् ।

टिप्पणीहरू