भीआईपी युवती छुटिन्, नुवाकोटे केटो ६ करोडमा डुब्यो

भीआईपी युवती छुटिन्, नुवाकोटे केटो ६ करोडमा डुब्यो

ठूला बडासँग विशेष सम्बन्ध राख्दै नुवाकोटका अमित श्रेष्ठसँग लिभिंग टुगेदर बसेकी भीआईपी युवती आइन्दा मुद्दामामिला र लफडा नगर्ने शर्तमा ११ दिनको प्रहरी हिरासतबाट छुटेकी छन् । लिभिंग टुगेदर श्रीमान् अमित आफैँ अबदेखि कुनै झमेला नगर्ने शर्तमा आफू र उनीबीच मञ्जुर भएपछि झापाकी कञ्चन खत्री छुटेकी हुन् ।

प्रहरी स्रोतका अनुसार उनीहरूका बीचमा एकजना मध्यस्थकर्ता बसेपछि दुबैले अब मुद्दा नलड्ने, अमितले झण्डै छ करोड रुपैयाँको श्रीसम्पत्ति कञ्चनको दुई वर्षे छोराको नाममा राख्ने बताएपछि कोरोना महामारीमा थुना परेकी कञ्चन काठमाण्डौ प्रहरीको हिरासतबाट छुुटेकी हुन् ।

मध्यस्थकर्तासँगको छलफलमा उनीहरूले अमितले झापामा किनिदिएको चार बिगाहाभन्दा बढी जग्गा र विभिन्न समयमा कञ्चन,उनका बुबा र आमालाई दिएको दुई करोड नगदसमेत सबै नाबालक छोराको नाममा राखिदिन अमित सहमत भएपछि कुरो मिलेको हो । छोराको नाममा ती सबै सम्पत्ति राखिदिने शर्तमा सहमति भएपनि कागज भने आजसम्म भइसकेको छैन ।

अमितका आफ्नै साथी प्रवीण शाक्यको ग्राण्ड डिजाइनअनुसार कञ्चनले कडा माग राखेर यो ठाउँसम्म पुर्याएको अमित पक्षको बुझाई छ । कञ्चनसँगको लफडा मिलाउने उद्देश्यले अमितले क्यानाडामा बसेर नयाँ योजना बनाए । उनले आफ्नो भाइसँग समेत राम्रो चिनजानमा रहेकी कञ्चनलाई एटीएम कार्ड दुरुपयोग गर्न उक्साउने योजना बनाएको कञ्चनपक्षको आरोप छ ।

भाइसँग कञ्चनको आउजाउ बढेपछि अमितका भाइले जानाजान कारमा एटीएम कार्ड झारिदिए । भोलिपल्टदेखि कञ्चनले त्यहि कार्ड प्रयोग गरेर सपिंग गर्न थालिन् । केही समयपछि आफ्नो कार्ड चोरेको आरोपमा कञ्चनलाई दाजुभाइ मिलेर थुनाइदिए । त्यतिबेलासम्ममा अमित कोरोना महामारीमा पनि क्यानाडाबाट काठमाडौं आइसकेका थिए ।

प्रहरी स्रोत भन्छ ‘कार्डबाट खासै धेरै खर्च भएको देखिँदैन । मुश्किलले पौने लाख खर्च भएको छ ।’ तर,हराएको कार्ड रोक्का नगरी अमितका भाइले त्यहि कार्डमा बेलाबखत १० देखि १५ हजार रुपैयाँ जम्मा गरेको बैंक स्टेटमेण्टबाट देखिन्छ । पैसा जम्मा भएको भोलिपल्टै कञ्चनले कार्ड प्रयोग गरेर सपिङ गर्ने गरेको पनि देखिन आएको स्रोतको दाबी छ ।

हराएको कार्डमा पैसा जम्मा गर्ने, परेवालाई चारो छरेझैँ महिना महिनामा यसो एकाध हजारको किनमेल गर्ने बाटो खोलिदिएको देखिनुलाई पनि मिलेमतो र योजनाबद्ध ढंगले काम अघि बढेको रुपमा भीआईपी युुवतीका भीआईपी मित्रहरूको बुझाई छ । एटीएम कार्डको त्यहि बहानाले कञ्चनलाई बैंकिङ कसुरको अभियोगमा हिरासतमा पुर्याएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

एकजना प्रहरी भन्छन् ‘त्यत्तिकी बाठी भीआईपी युवतीलाई पनि एकाध हजारको चारोले फसाए । पहिले उसैले फसाई,अहिले अमितले उसलाई । दुबैथरि घिऊ बेचुवा र तरबार बेचुवा जस्ता देखिन्छन् । ’

यता,न्यायालयका ठूला श्रीमानदेखि प्रहरीका हाकिम अनि केहि सरकारी उच्चअधिकारीसँग राम्रो सम्बन्ध बनाएकी कञ्चनले हिरासतमुक्त हुन निकै प्रयास गरेकी थिइन् । तर,पावर सेन्टरको टसलले कञ्चनको पक्षमा अगाडि सरेर बोल्ने आँट कसैले देखाएनन् । सबै तैँ चुप,मैँ चुप । स्रोत भन्छ ‘मि टुको झ्याउलो आउने डरका कारण सबैले पुच्छर लुकाए ।’

यता,प्रहरीले मुद्दा चलाउने प्रक्रिया अघि बढाएपछि धेरै पटक कञ्चनको फ्ल्याटमा भूजा ज्यूनार गर्दै पासा खेलेका एकजना श्रीमानले मन थाम्न सकेनन् । विभिन्न च्यानल मिलाएर ‘मैयाँको मायाको ऋण’ तिर्ने उद्देश्यले श्रीमानले सरकारी वकिललाई प्रयोग गरिदिनुभएको स्रोत बताउँछ ।

अनि प्रहरीले मुद्दा चलाउन ठिक्क पारेको मिसिलको अध्ययन गरेपछि सरकारी वकिलले नयाँ आइडिया फुर्याइदिए । हुन त त्यो आईडिया वकिलको नभएर कञ्चनका लिभिङ टुगेदर श्रीमानको नभई अदालतका श्रीमानको थियो । सरकारी वकिकबाट ‘कञ्चनका लिभिङ टुगेदर श्रीमानलाई समेत थुनामा राखेर छानबिन र अनुसन्धान गर्नुपर्ने’ लिखित आदेश गएपछि लफडा ‘यु टर्न’ भएको बताइन्छ ।

अहिले त्यहि आदेशका कारण कञ्चनसँग सहमतिको वातावरण बनेको प्रहरीको बुझाई छ । नुवाकोटका एकजना काँग्रेसी भन्छन् ‘ठूला मान्छेसँग उठबस हुन थालेपछि अमित घमण्डी हुँदै गयो । पछि लफडामा पर्यो । अहिले त्यहि कञ्चनसँगको केस मिलाउन ऊ नेपाल फर्केको हो ।’

यता,झण्डै दुई साता प्रहरी खोरमा बसेर छुटेपनि अमित र कञ्चनलाई भने कोरोना संक्रमण नभएको प्रहरी बताउँछ । तर उनीहरूका धेरै जना साथीलाई यसबीचमा संक्रमण भएको छ । अहिले अमित उही पानीपोखरीस्थित पुरानो अमेरिकी एम्बेसीभित्रको भीआईपी कोलोनीमा बस्छन् । जेठी श्रीमती र परिवारलाई भने क्यानाडामा राखेका छन् ।

दुई जनाको सम्बन्धबाट छोरा जन्मेपछि अमितले कञ्चनलाई श्रीमती बनाएर राखेनन् । त्यतिबेला काठमाडौंमा शिशु डेलिभरी गर्दा बच्चाको पिताको नाम राख्न अप्ठेरो पर्ने देखाउँदै कञ्चनले गर्भ नौ महिनामा लागेपछि थाइल्याण्ड गएर गोप्य तवरले बच्चा जन्माउने योजना बनाइन् । धेरै बाठो अमितले पनि विदेशमा बच्चा पाउँदा कसैले थाहा नपाउने भन्दै उक्त योजनामा समर्थन जनाए । त्यहि योजनामा उनीहरू बैंकक उडेका थिए ।

बच्चा जन्मिएपछि नेपाल ल्याउन दूतावासबाट नाबालकको कागजात बनाउनै पर्छ । त्यसमा पिताको नाम उल्लेख गर्नैपर्ने भएपछि अमित एकाएक छोराको बाउ बन्न पुगे । घुमाउरो तवरले कञ्चन पनि श्रीमती बनिन् । त्यहि कागज र काखमा बच्चा च्यापेर ढुक्क हुँदै काठमाडौं आएपछि कञ्चनको फुर्माइस बढ्न थाल्यो । अन्तिममा सहन नसकेपछि अमित जेठी श्रीमती र परिवार च्यापेर क्यानाडा भासिए ।

टिप्पणीहरू