सबै अस्पतालका हटलाइन नम्बर देखावटी मात्रै

सबै अस्पतालका हटलाइन नम्बर देखावटी मात्रै

कोरोना महामारीको दोस्रो लहरको बेला मुलुकभरका अस्पताल भरिभराउ छन् । निषेधाज्ञाको कारण सर्वसाधारण बाहिर निस्कनसक्ने अवस्था छैन ।

आपतकालिन अवस्था आएमा फोन सम्पर्क गर्न आग्रहसहित अस्पतालहरुले आकस्मिक नम्बरहरु सार्वजनिक गरेका छन् । तर ती नम्बरमा फोन गरेर समय खेर फाल्नु ब्यर्थ रहेको जनगुनासो बढेको छ ।

आपतकालीन सेवाका लागि उपलब्ध गराइएका ती सम्पर्क नम्बरहरुमा न कसैले फोन उठाउँछ,न फोन गर्नेले कुनै जानकारी पाउँछ । राजधानी उपत्यकाका अधिकांश ठूला अस्पतालले समेत त्यस्ता टेलिफोन नम्बरमा गरेको फोनको कुनै रेस्पोन्स नगरेपछि सर्वसाधारण मर्कामा परेका हुन् ।

“देखावटीका लागि राखिएका उक्त नम्बरहरु तुरुन्त परिवर्तन गर्नुपर्यो,होइन भने फोन उठाइदिनुपर्यो ।”

राजधानीका हेल्पिङ हेन्डस् अस्पताल,वीर अस्पताल,कान्ति बाल अस्पताल,त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिरायु नेशनल अस्पताल,पाटन अस्पताल,काठमाण्डौं मेडिकल अस्पताल,प्रसुती गृह, महेन्द्रनारायण निधी मेमोरियल अस्पताल,बीएण्डबी अस्पताल, सहिद गंगालाल अस्पताल,नेपाल मेडिकल कलेज,ओम्नी केयर अस्पतालले उपलब्ध गराएको नम्बरमा कुनै पनि फोन उठ्दैन ।

त्यसैगरी विपी स्मृति अस्पताल, ब्लुक्रस अस्पताल,अल्का अस्पताल,कीर्तिपुर अस्पताल, ग्लोबल अस्पताल,ह्याम्स अस्पताल,इन्टरनेश्नल फ्रेन्डशीप बाल अस्पताल,इशान अस्पताल, कान्तिपुर अस्पताल,काठमाण्डौं अस्पताल,मनमोहन अस्पताल, मेडिकेयर अस्पताल,न्युरो अस्पताल,नर्भिक अस्पताल,ओम हस्पिटल एण्ड रिसर्च सेन्टर,सहिद मेमोरियल अस्पताल,भेनस अस्पताल,जनमैत्री अस्पताल तथा ग्रिन सिटी अस्पतालले उपलब्ध गराएका सम्पर्क नम्बरहरुमा कहिल्यै फोन नउठेको भन्दै अधिकांशले गुनासो गरेका छन् ।
संक्रमितका एकजना नातेदारले भने ‘देखावटीका लागि राखिएका उक्त नम्बरहरु तुरुन्त परिवर्तन गर्नुपर्यो,होइन भने फोन उठाइदिनुपर्यो ।’

टिप्पणीहरू