संक्रमितको थप उपचारका लागि हेलिकप्टरमार्फत हेलिकप्टरबाट पाेखरा

-राजेशचन्द्र राजभण्डारी
बागलुङका एक संक्रमितलाई थप उपचारका लागि पोखरा पु¥याईएको छ । बागलुङ नगरपालिका वडा नं. ४ का ४१ वर्षिय पुरुषलाई परिवारको पहलमा हेलिकप्टरमार्फत पोखरा लगिएको हो ।

स्वासप्रस्वासमा समस्या भई धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा शुक्रबार भर्ना भएका उनलाई शनिबार थप समस्या भएपछि प्रभु एयरको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको परिवारले जनाएको छ ।

‘हामीले भर्ना गरेर उपचार गरिरहेकै थियौं, परिवारले पोखरा लैजाने तयारी गरिसक्नुभएको रहेछ’ अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले भने ‘उहाँको स्वासप्रस्वासमा समस्या थियो, त्यति जटिल नहुन पनि सक्थ्यो ।’

अक्सिजन पाउन कठिन हुने अवस्थाको आँकलन गरेर परिवारले पोखरा लगेको भएपनि ती बिरामीको लागि अक्सिजनको प्रबन्ध भएको बिकले बताए ।

टिप्पणीहरू