सिलिन्डर बटुलेर अक्सिजन कम्पनीलाई हस्तान्तरण

सिलिन्डर बटुलेर अक्सिजन कम्पनीलाई हस्तान्तरण

प्रहरीले कोरोनाका बिरामीको उपचारमा प्रयोग हुने अक्सिजन सिलिन्डर संकलन गर्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मातहतका प्रहरी कार्यालयबाट १८७ थान अक्सिजन सिलिन्डर बटुलेर बिभिन्न अस्पतालमा पठाएको हो ।

शनिबार पोखरा अक्सिजन प्रालि र कालिगण्डकी अक्सिजन प्रालिलाई सिलिन्डर हस्तान्तरण गरेको प्रहरीले जनाएको छ ।

अस्पतालहरूमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिन जिल्लाअन्तर्गतका विभिन्न मेटल कम्पनी, वर्कसप, ईन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्याँस वेल्डिङ तथा अन्य कम्पनीहरूसँग रहेका सिलिन्डरहरू सम्बन्धित संस्था तथा कम्पनीलाई नै फिर्ता गर्ने गरी संकलन गर्न थालिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

साथै अन्य कम्पनी तथा व्यक्तिहरूसँग त्यस्ता अक्सिजन सिलिन्डरहरू छन् भने अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराई सहयोग गर्न समेत जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध पनि गरेको छ ।

टिप्पणीहरू