उदघाटन र शिलान्यास त कति कति

बाग्मती प्रदेशको प्रहरी कार्यालय भवन शिलान्यास गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रदेश सचिव मदन भुजेलले शनिबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।

भवन आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालय स्रोतले बताएको छ । भवन प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण बन्न लागेको हो । १४१८१.६८ वर्गफिट क्षेत्रफलमा रहने भवनको अनुमानित कूल लागत ३२ करोड रहेको छ ।

मन्त्रालयको सहयोगमा हालसम्म उपत्यकाबाहेक बागमती प्रदेशका ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भइसकेका छन् भने १२ वटा प्रहरी ईकाई निर्माणाधीन अवस्थामा रहेको प्रहरीले बताएको छ ।

चालू आर्थिक वर्षमा प्रदेश प्रहरी कार्यालयको मुख्यालयसमेत गरी थप २१ वटा प्रहरी ईकाई निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भइसकेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

टिप्पणीहरू