दोलखा भीमसेनको महाप्रसाद भोलि रास्ट्रपतिलाई

दोलखा भीमसेनको महाप्रसाद भोलि रास्ट्रपतिलाई

जिल्ला प्रशासन कार्यालय, दोलखाले दोलखा भीमेश्वरको शिलामा पसिना आएसँगै आज क्षमा पूजाअर्चना गरेको छ ।

प्रसिध्द भीमेश्वर मन्दिरको मूर्तिमा मध्यान्ह सवा १२ देखि साढे १ बजेसम्म पसिना आएकोले उक्त समयमा प्रचलित परम्पराअनुसार पुजारी तथा गुठियारद्वारा पूजा गरिएको थियो ।

पूजापछि राष्ट्रप्रमुखसमक्ष महाप्रसाद पठाउने परम्पराबमोजिम भोलि २६ गते आइतबार प्रसाद शीतल निवास पठाउन लागिएको छ ।

टिप्पणीहरू